• ट्रेण्डिङ्ग :
पहिचानलाई बचाइराख्न सांस्कृतिक महोत्सवहरूको भूमिका महत्वपूर्ण

पहिचानलाई बचाइराख्न सांस्कृतिक महोत्सवहरूको भूमिका महत्वपूर्ण


  • 2.0K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.1K Views

    पहिचानलाई बचाइराख्न सांस्कृतिक महोत्सवहरूको भूमिका महत्वपूर्ण

    धादिङ, १० माघ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दैउनले यस्तो बताएका हुन् ।  ‘हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ, उपप्रधानमन्त्री सिंहले भने,‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ ।’ 

    images

    उनले भाषा, संस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा,  कलासंस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म, संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताए । लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरे । 
    त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए ।
    ‘आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौं । सबै काम एकैपटक हुँदैन ।  नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौँ ’ उनले भने ।


    तेस्रो आँखा
    लेखकबाट थप