• ट्रेण्डिङ्ग :
जेष्ठ नागरिकलाई न्यानो कपडा र  स्वास्थ्य जाँच

जेष्ठ नागरिकलाई न्यानो कपडा र  स्वास्थ्य जाँच


  • 2.2K
    SHARES
    • माघ १२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.3K Views

    जेष्ठ नागरिकलाई न्यानो कपडा र  स्वास्थ्य जाँच

    तुलसीपुर , १२ माघ । जेष्ठ नागरिकलाई न्यानोस्वरुप ब्लाङ्केट र स्वास्थ्य जाँच गरिएको छ । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश कमिटीले न्यानोस्वरूप ब्लाङ्केट वितरण गरेको हो ।

    images

    लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष द्रोण वलीले स्वास्थ्यकर्मी समाजमा योगदान पुर्याएका जेष्ठ नागरिकको सम्मानस्वरुप न्यानो कपडा वितरण गरिएको हो । उहाँले तुलसिपुर उपमहानगरपालिका वडा न १९ र घोेराही उपमहाानगरपालिका वडा न ११ का जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको बताउनुभयो ।

    स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य नारायण घर्तीले महासंघको केन्द्रीय कार्यक्रमअनुसार जेष्ठनागरिकको गाँउमै पुगेर स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो ।

    तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पौडेलले वडाले ८० वर्ष उमेर पुगेका जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गरेको बताउनुभयो ।उहाँले महासंघले वडालाई छनोट गरि थप उत्साहित बनाएको बताउनुभयो ।

    राप्ती लाइफ केयर अस्पतालका डाक्टर आयुष गौतमले स्वास्थ्य जाँच गर्नुभएको थियो । जेष्ठनागरिकको मधुमेह,उच्चरक्त चाँप,दमको स्वास्थ्य परीक्षण गरिएको थियो ।नेपाल स्वास्थ्यकर्मी  महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा निशुल्क स्वास्थ्य शिविर एवम न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    केन्द्रीय सदस्य नारायण घर्तीको अध्यक्षता एवम केन्द्रीय सदस्य गोपीलाल घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    निर्वाचन आयोगका सचिव विमल केसी, वडा न १९का वडाध्यक्ष रामबहादुर पौडेल ,प्रेस चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेल, नेकपा एमाले वडा न १९ वडा कमिटी अध्यक्ष लोकबहादुर रोका लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको शहजिकरण प्रदेश कोषाध्यक्ष द्रोण वलीले गर्नुभएको थियो ।


    तेस्रो आँखा