• ट्रेण्डिङ्ग :
दलित सशक्तिकरण र दलितका सवालमा संवाद

दलित सशक्तिकरण र दलितका सवालमा संवाद


  • 2.7K
    SHARES
    • माघ १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.1K Views

    दलित सशक्तिकरण र दलितका सवालमा संवाद

    तुलसीपुर,१३ माघ । दलित सशक्तिकरण र दलितका सवालमा संवाद गरिएको छ । दंगीशरण गाउँपालिका २ नम्बर वडा कार्यालय कौवाघारी दाङको वार्षिक कार्यक्रम बमोजिम दलित लक्षित कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हाे।

    images

    समाजमा समानता, न्याय, र समावेशीताको आधारशिला बनाउन मद्दत पुग्ने, संवादले दलित समुदायका अधिकार, अवसर, र समस्याहरूलाई उजागर गर्दै उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे आयोजकले जनाएको छ ।

    IMG_20250126_181921.jpg

    कार्यक्रममा  राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्माले  सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रहरूमा दलित समुदायलाई सशक्त बनाउनु आजको आवश्यक्ता रहेको बताउनुभयो । यसले उनीहरूको आत्मनिर्भरता, आत्मसम्मान, र अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरिले अझै पनि धेरै ठाउँमा छुवाछूत र भेदभाव कायम रहेकाले  यसविरुद्ध कानूनी र सामाजिक जागरूकता आवश्यक रहेको बताउनुभयो । जमिनको स्वामित्व, रोजगारका अवसर, र रोजगारी सुरक्षामा राज्यले ध्यान दिनुपर्ने  बताउनुभयो ।

    दलित अधिकार संरक्षण गर्ने नीति तथा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न, दलित बालबालिकालाई शिक्षामा प्राथमिकता दिन विशेष छात्रवृत्ति र योजना ल्याउन नीति बन्न आवश्यक रहेको बताउनुभयो ।

    IMG_20250126_181951.jpg

    मेट्रो कलेजका कानुन संकायका बिधार्थि रञ्जना कामिले दलित समुदायका सदस्यहरूको लागि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न, रोजगारी, उद्यमशीलता र आर्थिक स्वतन्त्रताका लागि कार्यक्रमहरू लागू गर्न राजनीतिक नेतृत्व र निर्णय प्रक्रियामा दलित समुदायको सहभागीता बढाउन, छुवाछूत, भेदभाव, र हिंसाको अन्त्य गर्दै समानताको वातावरण सिर्जना गर्नु अबको आवश्यक्ता रहेको बताउनुभयो ।

    संवाद कार्यक्रमको सहजिकरण पत्रकार महासंघ दाङका सचिव जे.एन. सागरले गर्नुभएको थियो ।

    सो अवसरमा ५ कक्षासम्म अध्ययन गर्ने श्री प्रावि कौवाघारीका ५५ जना र श्री मावि मधपुरका १६ जना गरि ७१ जना दलित छात्र छात्रालाई स्कुल पोसाक वितरण गरिएको थियोे ।

    यस्तै दलित जनप्रतिनिधि कार्यपालिका सदस्य कृष्णे कामी, सितारा नेपाली, वडा सदस्य मोहन विक र अन्जना विक लगायत दलित समुदायमा योगदान पुर्‍याउने २२ जना दलित अगुवाहरुलाई सम्मान गरिएको थियो ।

    दंगीशरण गाउँपालिका २ नम्बर वडाको दलित महिला वडा सदस्य अन्जना विकको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका २ नंम्बर वडाको वडा अध्यक्ष डम्बर खत्री, कार्यपालिका सदस्य कृष्णे कामी, सितारा नेपाली, वडा सदस्य मोहन विक, वडा सदस्य लुमा चौधरी, नेकपा एमाले जिल्ला सदस्य एशोद्वा शर्मा, नेकपा माओबादि केन्द्रको वडा कमिटी अध्यक्ष दिल बहादुर दमाई, राजाकोट सामुदायिक वन उपभोक्ता समुहकी कोषाध्यक्ष गिता पौडेल लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियोे ।

    वडामा दलितको अवस्था र दलित एकता संजालले दलित परिवारको विवरण संकलन गरिएको विवरण बारे दलित एकता संजालको कार्यसमिति सदस्य सिएम विश्वकर्माले जानकारी दिनुभएको थियो ।

    दंगीशरण गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजना तथा दंगीशरण गाउँपालिका वडा नम्बर २ मा रहेको दलित एकता संजालको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

    दलित एकता संजालका अध्यक्ष मान बहादुर परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रमेश विकले गर्नुभएको थियो ।


    तेस्रो आँखा