दाङ, १४ माघ । दाङको तुलसीपुरमा अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालिका-५ ज्योतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम र नगद ४२ हजार ७ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय पूर्ण बहादुर बाँठा मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २७ वर्षीय प्रबिन सुनारसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रबिनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय २० मिलिग्राम र नगद १ लाख २४ हजार ३ सय ९ रूपैयाँ सहित पक्राउ गरेको छ ।
