• ट्रेण्डिङ्ग :
तुलसीपुर उपमहानगरपालिकामा १५ जना नगरप्रहरी नियुक्त

तुलसीपुर उपमहानगरपालिकामा १५ जना नगरप्रहरी नियुक्त


  • 6.0K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 9.2K Views

    तुलसीपुर उपमहानगरपालिकामा १५ जना नगरप्रहरी नियुक्त

    तुलसीपुर, १५ माघ । तुलसीपुर उपमहानगरपालिकाले नगरभित्रको सुरक्षा र शान्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन १५ जना नगरप्रहरी नियुक्त गरेको छ। नगरप्रहरीलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गर्दै नगरप्रमुख टिकाराम खड्काले उहाँहरूलाई सुरक्षा, शान्ति कायम राख्न, ट्राफिक व्यवस्थापनमा सहयोग गर्न र स्थानीय प्रशासनका विभिन्न कार्यमा खटाइने बारे जानकारी दिनुभएको थियो।

    images

    नगरप्रहरी भर्नाका लागि आवेदन खुला गरिएपछि धेरै आवेदक सहभागी भएका थिए। छनोट प्रक्रिया पूरा गरी योग्य उम्मेदवारलाई ४० दिने आधारभूत तालिम प्रदान गरिएको हो। तालिम इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठको टोलीले दिएको थियो।

    नगर प्रहरी प्रमुख नायव निरीक्षक ऋषिराज पछाइसहित १५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नगरप्रहरीको सेवा सुविधा नेपाल प्रहरी सरह हुने उपमहानगरपालिकाले जनाएको छ।

    उपमहानगरपालिकाका अनुसार नगरप्रहरी सञ्चालनका लागि मासिक ४ लाख रुपैयाँ खर्च हुनेछ। नगरप्रहरी स्थापनाका लागि कानूनी आधार निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेको कार्यकालमै तयार गरिएको थियो।


    तेस्रो आँखा