तुलसीपुर,३ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका सेवा प्रवाहमा उत्कृष्ट पालिकाका रुपमा सम्मानित भएको छ ।
नगर बिकास कोषले सेवा प्रवाहमा उत्कृष्ट पालिका भएको भन्दै सम्मान गरेको हो । शुक्रबार भएको कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई सम्मान प्रदान गर्नुभएको हाे ।
पाटन संग्राहलयमा भएको नगरविकास कोषको ३७ औं बार्षिक समारोहका अवसरमा सम्मान प्रदान गरिएको हो । सेवा प्रवाह, वित्तिय सुशासन, ऋण असूली, साझेदारी, सहकार्यमा प्रभाबकारी, नगर बिकास कोष अन्तर्गत कार्यक्रममा सफल भएको लगायतका सूचकका आधारमा उपमहानगरपालिका उत्कृष्ट भएको प्रमुख खड्काले बताउनु भएको छ ।
पछिल्लो समय उपमहानगरपालिकाले फजुल खर्चलाई घटाएको छ, भने कर संकलनको कार्यलाई चुस्त बनाएको छ ।
त्यस अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, इन्जिनियर पवन योगी लगायतको सहभागिता रहेको थियो ।
