• ट्रेण्डिङ्ग :
तुलसीपुमा भोली ‘वाकाथन’  कार्यक्रम हुदैँ

तुलसीपुमा भोली ‘वाकाथन’  कार्यक्रम हुदैँ


  • 4.3K
    SHARES
    • फाल्गुण ६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.5K Views

    तुलसीपुमा भोली ‘वाकाथन’  कार्यक्रम हुदैँ

    तुलसीपुुर, ६ फागुन । दाङको तुलसीपुरमा भोली प्रजातन्त्र दिवसको अवसर पारेर ‘वाकाथन’ कार्यक्रम हुने भएकाे छ । बाल रोग विशेषज्ञ तथा ‘वाकाथन’ अभियानका अभियानकर्ता डा.किशोर खत्रीले उक्त कार्यक्रम सञ्चालन गर्न लाग्नु भएको हो । मंगलबार रिपोर्ट क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । 

    images

     ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई”  भन्ने मुल नाराका साथ ‘वाकाथन’ कार्यक्रमक हुने भएको हो । उक्त अभियानका अभियानकर्ता तथा बाल रोग विशेषज्ञ डा. किशोर खत्रीले कार्यक्रमको बारेमा जानकारी गराउदै मानिस सबैभन्दा स्वस्थ हुने भनेको बिहानको हिडाइ भएको बताउनु भएको हो । मानिसलाई लाग्ने हरेक प्रकारका रोगहरु जुन शरिरलाई नचाहिने वा मानव शरिरलाई नकारात्मक असर पार्ने सबै किटानुहरुलाई बिहानीको हिँडाईबाट नियन्त्रनमा लिन सकिने उहाँको भनाई छ । 

    वामाथन कार्यक्रममा महानायक राजेश हमाल र हरी रोकायको पनि गरिमामय उपस्थित रहेको उहाँले बताउनु भएको हो । नेपालमा नै पहिलो पटक यो कार्यक्रम सञ्चालन गर्ना लागेको उहाँको भनाई छ । भोली बिहान तुलसीपुरको अरुनीको मैदानमा सुन्तला खाने कार्यक्रम छ उक्त कार्यक्रम प्रश्चात बिहानीको हिँडाई सुरु हुने डा. किशोरले जानकारी दिनुभयो । मानिसले बिहानीको स्वस्थ मौसममा करिब ४५ मिनेट हिडियो भन्ने मानसमा संक्रमण हुने रोगको संख्या घटेने उहाँको भनाई रहेको छ ।

    WhatsApp Image 2025-02-18 at 12.03.14 PM (1).jpeg

    डा. खत्रीका अनुसार भोली ७ गते, बिहानको ७ बजे र ७ किलोमिटर बिहानीको हिडाई रहेको भन्दै ३ वटा सात लक्की रहेको पनि उहाँले जानकारी दिनुभयो । बिहानीको समयलाई सदुपयोग गर्दै आम नागरिकहरुलाई बिहानको समयमा हिडाउन बानी बसाली स्वस्थ नागरिक बनायने मुख्य उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ । 

    उक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, रिपोर्टस कल्ब दाङका अध्यक्ष सरद रेग्मी र तुलसीपुरनगर जेसिजका अध्यक्ष सन्दिप भुसालले सबै नागरिमहरु यो कार्यमा आबद्ध हुन आग्रह गर्नुभयो साथसाथै यूता खालका अभियानहरुमा आफनो संस्थाबाट सहयोग गर्ने प्रतिबद्धता राख्नु भएको थियो ।

    रिपोर्टस क्लब दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण रिपोर्टस क्लब दाङका महासचिव बिमल गौतमले गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # ‘वाकाथन’ कार्यक्रम

  • तेस्रो आँखा