• ट्रेण्डिङ्ग :
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु


  • 2.9K
    SHARES
    • फाल्गुण ७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.4K Views

    टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

    रोल्पा, फागुन ७ । रोल्पा टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका –५ निवासी ३६ वर्षीय जितेकुमार रहेका छन् । 

    images

    उहाँको मङ्गलबार राति टिप्पर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ८ ख ७२७६ नम्बरको टिप्पर माडी गाउँपालिका–४ चुकबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदैगर्दा दुर्घटनामा परेको थियो । 

    सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको थियो । उक्त टिप्परमा चालक मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीका अनुसार चालक जितेकुमारको शव सडकबाट करिब ७० मिटर तल फेला परेको थियो ।


    तेस्रो आँखा