घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र न.२ को आयोजनामा ७५ औ राष्ट्रिय प्रजातन्त्र दिवश घोराहीमा मनाईएको छ । प्रजातन्त्र स्थापना, त्यसको ल्याएको उपलब्धी र प्रजातान्त्रिक संस्कति सम्वर्धन लगायतका विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षता एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि खनालले नेपाली जनताहरूले मौलिक अधिकार प्राप्त गरेको र नेपाली जनताहरूलाई रैतिबाट नागरिक बनाएका दिन प्रजातन्त्र दिवश रहेको बताउनुभयो । उहाँले पछिल्लो समयमा नेता नेतृत्व र पुराना दलहरूप्रति नकारात्मक प्रचार गरेर प्रजातन्त्र प्रति प्रहार हुन खोजेको बताउनुभयो । नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र स्थापना भयो, देशका हरेक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गरेको ईतिहास छु उहाँले भन्नुभयो अब ती परिवर्तनहरूलाई संस्थागत गर्न पनि नेपाली कांग्रेसका सबै तहहरू लागिपर्न आवश्यक छ ।
कार्यक्रमका बोल्ने अन्य वक्ताहरूले प्रजातान्त्रको बोध सम्पूर्ण नेपालीहरूलाई गराउनुपर्ने बताएका थिए । सम्भ, सुसंस्कृत र समुन्नत राष्ट्र निर्माणकालागि लाग्नुपर्ने उनीहरूको भनाई थियो । उनीहरूले प्रजातन्त्र स्थापना गरेको दशकौ समय बितिसक्दा पनि जनताले महशुस हुने गरि प्रत्याभुति दिलाउन आवश्यक रहेको बताएका थिए । नेपाली नेपालका हरेक तहले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आत्मसाथ गरेर अगाडि बढ्न आवश्यक रहेको उनीहरूको भनाई थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद लोका बिक, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारति, सचिव अर्जुन योगी, बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र न। २ का सल्लाहकार डा.बिनबहादुर सिं वली, खड्ग बुढाथोकी, नेपाली कांग्रेस क्षेत्र न।२ का पूर्व सभापति गोविन्द मज्गैय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव आर।के।शीतलले गर्नुभएको थियो ।
