• ट्रेण्डिङ्ग :
घोडागाउँ वडालाई पूर्ण खोप वडा घोषणा

घोडागाउँ वडालाई पूर्ण खोप वडा घोषणा


  • 3.5K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.4K Views

    घोडागाउँ वडालाई पूर्ण खोप वडा घोषणा

    रोल्पा,८ फाल्गुन । रोल्पाको सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँलाई पूर्ण खोप वडा सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । आज एक कार्यक्रमको बिच उक्त वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो। राष्ट्रिय खोप तालिकामा समावेश भए अनुसार बालबालिकाहरुले १५ महिना भित्रमा पाउनुपर्ने सबै खोपहरु पूर्ण रुपमा लगाइसकेपछि उक्त वडालाई घोषणा गरिएको हो। 

    images

    पूर्ण खोप वडा सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिनुपर्ने बताउनुभयो। खोप मानव जिवनका लागि महत्वपूर्ण बनेको उहाँको भनाइ थियो।उहाँले भन्नुभयो हिजो खोप प्राप्त गर्ने अवस्था थिएन अहिले बच्चाहरुलाई घरमै गएर खोप लगाउन सरकारले खर्च गरेको छ ।" स्वास्थ्य क्षेत्रका कर्मचारीले निरन्तर लाग्नाले बालबालिकाले समयमै खोप पाउन सम्भव भएको बताउनुभयो। सानै देखिबाट खोप लगाउन आवश्यक रहेको उहाँको भनाइ थियो। डाक्टरको सल्लाह सुझाब बमोजिम खानपिनमा ध्यान पुर्याउनुपर्ने उहाँले धारणा राख्नुभयो। हिजो खोप लगाउन नमान्ने प्रचलन थियो अहिले यस प्रति सकारात्मक भावना विकास हुँदै गएको छ, सबै नागरिक खोपको पहुँचमा आएका छन्,उहाँले थप्नुभयो। 

    सुनिलस्मृति गाउँपालिका-१ का वडाध्यक्ष पवन कुमार कवँरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिकाकी उपाध्यक्ष मीना थापा रहनुभएको थियो। त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य तुलसी सुनार, स्वास्थ्य शाखा प्रमुख मतिम आलम, सह(संयोजक सावित्रा थापा, नेपाल पत्रकार महसंघ रोल्पाका उपाध्यक्ष भरत नेपाली लगाएतको समेत उपस्थिति थियो। 

    वडा सचिव ऋषिकेश केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मेनका घर्तिले गर्नुभएको थियो। कार्यक्रममा घोडागाउँ स्वास्थ्य चौकी प्रमुख दिनेश केसीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।


    तेस्रो आँखा