तुलसीपुर, ९ फागुन । दाङको तुलसीपुरमा सामान्य विवादका कारण कुटपिटबाट ती जना घाइते भएका मध्ये एकको अवस्था गम्भीर रहेको छ। तुलसीपुर-१७ बनकट्टी स्थित रमेश वलीले संचालन गरेको ADC इट्टा उद्योगमा काम गर्ने व्यक्तीहरुको सामान्य बिबादका कारण कुटपिट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रभक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा भारतको बहराइच निवासी ३१ बर्षिष जगुल खान, साही निवासी ५० बर्षिय कलिम महिमद र सोही निवासी ४८ बर्षिय भुजाउ मोहमत रहेका छन, भने घाइते खानको अवस्था गम्भीर रहेको छ ।
कुटपिटमा संगलन भारतको बहराइच जिल्लाका ३२ बर्षिय साबिर खान, सोही निवासी २२ बर्षिय संशर खान, २४ बर्षिय अरवाज खान, बाँके जिल्लाको नेपालगन्ज-१ निवासी खुर्सिद दर्जी, सोही निवासी जाखिर दर्जी र सोही ठाउँका मोहन अलिलाई प्रहरीको नियन्त्रणले लिएको छ ।
घाइते भएका तीन जनाको राप्ती प्रादेशिक अस्पताल उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
