• ट्रेण्डिङ्ग :
तुलसीपुर महोत्सवमा आज थामिनस्कनु भिड : ज्योति र टंकको प्रस्तुतिमा झुमे दर्शक

तुलसीपुर महोत्सवमा आज थामिनस्कनु भिड : ज्योति र टंकको प्रस्तुतिमा झुमे दर्शक


  • 7.3K
    SHARES
    • फाल्गुण १४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 11.3K Views

    तुलसीपुर महोत्सवमा आज थामिनस्कनु भिड : ज्योति र टंकको प्रस्तुतिमा झुमे दर्शक

    दाङ, १४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको १४ औं दिन आज बुधबार दर्शकहरूको अभूतपूर्व भीड देखिएको छ । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक टंक तिमिल्सिनाको दमदार प्रस्तुतीले माहोल झन् उत्साहपूर्ण बनायो । 

    images

    महोत्सव मूल आयोजक समितिका अनुसार बुधबार करिब ३५ हजार दर्शक सहभागी भएका थिए । महोत्सवमा आज हालसम्मकै सबैभन्दा ठूलो उपस्थिति रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । 

    दर्शकहरूको अत्यधिक चापका कारण महोत्सव स्थलमा टेक्ने ठाउँसमेत बाँकी थिएन । ज्योति मगरले ‘उहि मुलाको सिन्की’ ‘मादलु घुम्न’ जस्ता लोकप्रिय गीत प्रस्तुत गर्दै माहोल तताउनुभयो भने टंक तिमिल्सिनाले ‘मन माया’लगायतका गीत गाएर दर्शकलाई झुमाउनुभयो । 

    कलाकारको प्रस्तुति अवलोकन गर्न हजारौं दर्शक उत्साहित देखिए । अत्यधिक भीडका कारण कतिपयलाई सुरक्षित स्थान खोज्न हम्मेहम्मे पर्‍यो, जसलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई निकै मेहनत गर्नुपर्यो ।

    received_2670684273115353.jpeg

    तुलसीपुर चेम्बर अफ कमर्सको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम लगायत विविध आकर्षण समेटिएका छन् । 

    आयोजकका अनुसार, भोलि पनि चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । भोलि चर्चित गायिका अनु चौधरी, गायक गोपाल नेपाल जि.एम., गायिका सुनिता परियारको प्रस्तुति रहने छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।


    तेस्रो आँखा