तुलसीपुर, २ चैत । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थको निर्वाचन सुरु भएको छ । शनिबार बिहान ८ बजेबाट तुलसीपुरकाे अरुनिकाे मैदानमा निर्वाचन सुरु भएको छ ।
अपरान्ह साढे ४ बजेसम्म मतदान गर्न पाईने भएको छ । मतदान गर्दा नागरिकता वा नागरिकता नम्बर भएको कुनै पनि सरकारी परिचयपत्र अनिवार्य गरिएको छ ।
निर्वाचनमा १० हजार ९ सय १९ जना मतदाताहरुले मतदान गर्दै छन । जहाँ १५ वटा बुथमा ३० वटा लाइन बनाइएको छ ।
मतदान गर्ने मतदाताहरुले मतदान स्थलमा मोवाइल लिन नपाईने आचरसंहिता बनेको छ । मैदानको गेट भन्दा बाहिर प्रचार प्रसार गर्न पाइने भएपनि भित्र भने प्रचार प्रसार गर्न पाइनेछैन।
