तुलसीपुर, २ चैत । दाङको तुलसीपुरमा बाटो क्रस गर्दा ट्याक्टरले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला छत्रेश्वरी-२ मा घर भई हाल तुलसीपुर-९ मा बस्ने ९ बर्षिय दिपशिखा वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर-९ गौरीशंकर टोलबाट अटो भिलेज टोल तर्फ जाँदै गरेको रा १ त ३२३९ नं।को खाली ट्याक्टले पैदल यात्रीलाई ठक्कर दिएको थियो । मृतक वलिको टाउको र मुखमा चोट लागी घटनास्थलमै मृत्यु भएको भएको हो । उनी आन्टि संगिता खड्कासंग कोठामा बस्ने थिईन ।
ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको छ । ट्याक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
