• ट्रेण्डिङ्ग :
तुलसीपुरमा धारिलो हतियार प्रहार गर्दा एक युवक घाइते

तुलसीपुरमा धारिलो हतियार प्रहार गर्दा एक युवक घाइते


  • 3.1K
    SHARES
    • बैशाख १९, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 4.8K Views

    तुलसीपुरमा धारिलो हतियार प्रहार गर्दा एक युवक घाइते

    तुलसीपुर, १९ बैशाख । दाङको तुलसीपुरमा धारिलो हतियार (खुँडा) प्रहार गरि एक युवक घाईते भएका छन । घाइते हुनेमा तुलसीपुर-६ हिमाल बाेडिङ भित्रकाे परिसरमा बस्ने ३७ बर्षिय बिशेष रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार तुलसीपुर-३ रक्षाचाैर निवासी १९ बर्षिय सुरेश सुनारले श्रेष्ठ माथि एक्कासी धारिलो हतियार (खुँडा) प्रहार गरेका थिए । 

    घाइते श्रेष्ठकाे बाँया कुम र दुबै हातको पाखुरामा चोट लागेको छ । साथै उनिकाे अवस्था मध्यम रहेको छ ।उनीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात् हडि सम्बन्धि बिशेषज्ञलाई देखाउन राप्ती लाइफ केयर हस्पिटल माेतिपुरमा रिफर गरिएको छ ।

    घटनाको जानकार प्राप्त पश्चात् इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सुर्य राणाकाे कमाण्ड खटिएको थियोे । खुँडा प्रहार  सुरेश सुनार फरार रहेका छन । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


    तेस्रो आँखा