• ट्रेण्डिङ्ग :
आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल बनाउँछ : राष्ट्रपति पौडेल

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल बनाउँछ : राष्ट्रपति पौडेल


  • 1.3K
    SHARES
    • भाद्र १९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 2.0K Views

    आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल बनाउँछ : राष्ट्रपति पौडेल

    काठमाडौँ, भदौ १९ । राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनु भएको छ । 

    images

    रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३ औँ जन्मजयन्तीका अवसरमा आयोजित राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रुप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण र जीवनशैलीकारुपमा आत्मसाथ गर्दै मुलुक बनाउने अवसरमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । 

    उहाँले आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध राष्ट्र निर्माणको युगिन अभिभारालाई पूरा गर्न सबै आ–आफ्नो ठाउँबाट क्रियाशील हुनुपर्ने बताउनुभयो । 

    राष्ट्रपति पौडेलले लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय भएको बताउँदै  व्यावसायिक पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने र लोकतान्त्रिक व्यवस्थामा मात्र पत्रकारिता जगतले आफ्नो व्यावसायिक धर्म निर्वाध निर्वाह गर्न पाउने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘‘लोकतन्त्र र पत्रकारिताको यो अन्योन्याश्रित सम्बन्धको यही विशेषताले लोकतन्त्र र पत्रकारितालाई मजबुत बनाउँदै देशको आर्थिक विकास, सामाजिक रुपान्तरण र आम नागरिकको दैनिकी सहज बनाउन राजनीति र पत्रकारिता क्षेत्र समर्पित हुनुपर्दछ ।’’

    राष्ट्रपति पौडेलले राजेश्वर नेपालीलाई आफूले एउटा कट्टर लोकतन्त्र र राष्ट्रवादी व्यक्तिका रुपमा चिनेको उल्लेख गर्र्दै उहाँ निर्भीक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तनप्रेमी प्रेरक व्यक्ति भएको बताउनुभयो ।

    राजेश्वर नेपालीले निरंकुशताबाट जनताको उन्मुक्तिका लागि जेननेलको कुनै प्रवाह नगरी एउटा कवि र कलमजीवीका रुपमा भाषा, साहित्य र संस्कृति मात्र होइन, मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्य मान्यता एवम् आदर्शको लागि प्रेस र प्रजातन्त्र सेनानीका रुपमा आफूलाई उभ्याउन कहिँ कतै नचुकेको राष्ट्रपति पौडेलको भनाइ छ । 


    तेस्रो आँखा