• ट्रेण्डिङ्ग :
दर्ताका लागि मेटाबाट औपचारिक जानकारी आएको छैन : सञ्चार मन्त्रालय

दर्ताका लागि मेटाबाट औपचारिक जानकारी आएको छैन : सञ्चार मन्त्रालय


  • 1.8K
    SHARES
    • भाद्र १९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 2.8K Views

    दर्ताका लागि मेटाबाट औपचारिक जानकारी आएको छैन : सञ्चार मन्त्रालय

    काठमाडौँ, भदौ १९। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ।

    images

    सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो, “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई आवश्यक डकुमेन्ट के के चाहिन्छ त्यो त अलरेडी हाम्रो वेबसाइडमा छ।”

    औपचारिकरुपमा मेटा लगायत नेपालमा दर्ता नभएका कुनै पनि सामाजिल सञ्जाल दर्ता प्रक्रियाका लागि नआएको उहाँले प्रष्ट पार्नुभयो।


    तेस्रो आँखा