• ट्रेण्डिङ्ग :
महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य बम पक्राउ  

महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य बम पक्राउ  


  • 5.9K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य बम पक्राउ  

    काठमाडौं, ११ चैत । युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । 

    images

    ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।  

    महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए । 

    सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप