• ट्रेण्डिङ्ग :
नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो


  • 2.4K
    SHARES
    • पौष २३, २०८२ बुधबार
    • ९ महिना अघि
    • 3.7K Views

    नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

    काठमाडौँ, पुस २३ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को विन्दुमा कायम भएको छ।

    images

    आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६० को कारोबार भएको छ । आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैँक लिमिटेडका छ दशमलव शून्य आठ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले घटेको छ ।

     


    तेस्रो आँखा