• ट्रेण्डिङ्ग :
न्यायमा आम नागरिकको पहुँच बढेको छ - राष्ट्रपति भण्डारी

न्यायमा आम नागरिकको पहुँच बढेको छ - राष्ट्रपति भण्डारी


  • 8.8K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    न्यायमा आम नागरिकको पहुँच बढेको छ - राष्ट्रपति भण्डारी

    काठमाडौं, १४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिमार्फत न्यायमा आम नागरिकको पहुँच बढ्न गएको बताएकी छन्।
     
    पोखरा महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नागरिकका घरदैलोमा न्याय सम्पादन हुने अवस्था निर्माण गर्नु लोकतान्त्रिक शासन प्रणालीको प्रमुख उद्देश्य रहेको बताएकी हुन।

    images

    प्राचीनकालमा हाम्रो समाजले अवलम्बन गरेका कचहरी, न्यायाधीकरण र दण्ड प्रणालीबाटसमेत स्थानीय तहको न्यायिक समिति अभिप्रेरित रहेको बताउदै राष्ट्रपति भण्डारीले नागरिकलाई छिटो र सुलभ सेवा प्रदान गर्नु राज्यको दायित्व भएकाे बताइन्। उनकाअनुसार न्यायिक समितिमार्फत स्थानीयस्तरमा विवाद समाधानको वैकल्पिक उपाय अवलम्बन गरिएको उनकाे भनाइ छ ।   
     
     


    तेस्रो आँखा