• ट्रेण्डिङ्ग :
देवराज चालिसेको डेनमार्क भ्रमणले चर्कियो कांग्रेस विवाद, आधिकारिक जनसम्पर्क समितिलाई बेवास्ता गरिएको आरोप

  • 2.0K
    SHARES
    • आषाढ ६, २०८३ शनिबार
    • ४ महिना अघि
    • 3.1K Views

    देवराज चालिसेको डेनमार्क भ्रमणले चर्कियो कांग्रेस विवाद, आधिकारिक जनसम्पर्क समितिलाई बेवास्ता गरिएको आरोप

    कोपनहेगन, डेनमार्क – नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति प्रवक्ता देवराज चालिसेको डेनमार्क भ्रमणलाई लिएर नेपाली जनसम्पर्क समिति, डेनमार्क र पार्टी केन्द्रबीचको विवाद सतहमा आएको छ। जनसम्पर्क समिति डेनमार्कले पार्टीको आधिकारिक संरचना र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै गतिविधि सञ्चालन गरिएको आरोप लगाउँदै केन्द्रीय नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

    images

    समितिका अनुसार नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट प्रवक्ता चालिसेको डेनमार्क भ्रमणबारे कुनै औपचारिक जानकारी, पत्राचार वा समन्वय गरिएको थिएन। तर सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरिएपछि डेनमार्कस्थित कांग्रेस कार्यकर्ताबीच असन्तुष्टि बढेको बताइएको छ। समितिले ती कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको छ।

    डेनमार्कस्थित नेपाली काँग्रेस समर्थकहरूबीच लामो समयदेखि सक्रिय रहेको नेपाली जनसम्पर्क समिति, डेनमार्कले आफूलाई पार्टीको आधिकारिक प्रवास संगठन भएको दाबी गर्दै आएको छ। समितिका अनुसार छैटौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष यादव बस्नेतको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिलाई नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले वैधानिक मान्यता प्रदान गरेको छ। तर, उक्त मान्यता हुँदाहुँदै पनि आधिकारिक संरचनालाई बेवास्ता गर्दै अन्य समूह र गतिविधिलाई प्राथमिकता दिइएको आरोप लगाइएको छ।b59a5712-42b9-4d21-9f6c-f6955b22953b.jpg

    समितिका अनुसार संगठनात्मक सुदृढीकरणका लागि करिब सात महिनासम्म आधिकारिक फेसबुक पेजमार्फत अनलाइन आवेदन खुला गरी क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा जनसम्पर्क समितिको शुल्क र कार्यसमितिको लेभीसमेत केन्द्रमा बुझाइसकिएको थियो। आवश्यक सदस्यता विवरण, प्रमाण र अभिलेखहरू समेत केन्द्रमा पठाइसकिएको दाबी गरिएको छ।

    विवादको अर्को महत्वपूर्ण पक्ष भने सदस्यता अध्यावधिक प्रक्रियासँग जोडिएको छ। समितिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट जारी भएका पत्रहरूलाई आधार बनाउँदै आफूहरूमाथि विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाएको छ। असार ३, २०८३ मा जारी एक पत्रमा केही जनसम्पर्क समितिहरूलाई क्रियाशील सदस्यता अध्यावधिकका लागि भ्हअभ िक्जभभत र एम्ँ मार्फत विवरण पठाउन सकिने तथा आवश्यक प्रक्रिया पूरा भए केन्द्रबाटै अध्यावधिक गरिने व्यवस्था गरिएको देखिन्छ।

    तर, डेनमार्क समितिका अनुसार आफूहरूले केन्द्रले मागेका सम्पूर्ण विवरण, प्रमाण, शुल्क र लेभीसहितका कागजात एम्ँ फारमेटमा पठाउँदा स्वीकार नगरिएको थियो। बरु अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत अध्यावधिक गर्नुपर्ने बताइएको थियो। त्यसपछि समितिले अनलाइन प्रणाली प्रयोग गर्न आवश्यक युजरनेम र पासवर्ड उपलब्ध गराउन पटक–पटक आग्रह गरे पनि कुनै जवाफ नपाएको दाबी गरेको छ।

    समितिले यसलाई पार्टी केन्द्रको “दोहोरो मापदण्ड” को उदाहरणका रूपमा व्याख्या गरेको छ। उनीहरूको दाबीअनुसार केही अन्य जनसम्पर्क समितिहरूलाई भ्हअभ िक्जभभत र एम्ँ मार्फत विवरण पठाउन छुट दिइएको, आवश्यक युजरनेम तथा पासवर्ड उपलब्ध गराइएको र अनलाइन प्रणाली प्रयोग नगरी पनि प्रक्रिया अघि बढाउन सहजीकरण गरिएको थियो। तर डेनमार्कस्थित आधिकारिक समितिलाई भने फरक व्यवहार गरिएको आरोप लगाइएको छ।

    समितिको भनाइमा यसले संस्थागत निष्पक्षता, पारदर्शिता र विधिसम्मत प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। विदेशस्थित कार्यकर्ताहरूले पार्टीको विधि, विधान र निर्णय प्रक्रियाभन्दा बाहिर गएर गतिविधि सञ्चालन भइरहेको आरोप लगाउँदै यसले नेपाली काँग्रेसको गरिमा, प्रतिष्ठा र राजनीतिक विरासतमा असर पुर्‍याएको बताएका छन्। देवराज चालिसेको डेनमार्क भ्रमणले चर्कियो कांग्रेस विवाद, आधिकारिक जनसम्पर्क समितिलाई बेवास्ता गरिएको आरोप

    कोपनहेगन, डेनमार्क – नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति प्रवक्ता देवराज चालिसेको डेनमार्क भ्रमणलाई लिएर नेपाली जनसम्पर्क समिति, डेनमार्क र पार्टी केन्द्रबीचको विवाद सतहमा आएको छ। जनसम्पर्क समिति डेनमार्कले पार्टीको आधिकारिक संरचना र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै गतिविधि सञ्चालन गरिएको आरोप लगाउँदै केन्द्रीय नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

    समितिका अनुसार नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट प्रवक्ता चालिसेको डेनमार्क भ्रमणबारे कुनै औपचारिक जानकारी, पत्राचार वा समन्वय गरिएको थिएन। तर सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरिएपछि डेनमार्कस्थित कांग्रेस कार्यकर्ताबीच असन्तुष्टि बढेको बताइएको छ। समितिले ती कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको छ।

    डेनमार्कस्थित नेपाली काँग्रेस समर्थकहरूबीच लामो समयदेखि सक्रिय रहेको नेपाली जनसम्पर्क समिति, डेनमार्कले आफूलाई पार्टीको आधिकारिक प्रवास संगठन भएको दाबी गर्दै आएको छ। समितिका अनुसार छैटौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष यादव बस्नेतको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिलाई नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले वैधानिक मान्यता प्रदान गरेको छ। तर, उक्त मान्यता हुँदाहुँदै पनि आधिकारिक संरचनालाई बेवास्ता गर्दै अन्य समूह र गतिविधिलाई प्राथमिकता दिइएको आरोप लगाइएको छ।

    समितिका अनुसार संगठनात्मक सुदृढीकरणका लागि करिब सात महिनासम्म आधिकारिक फेसबुक पेजमार्फत अनलाइन आवेदन खुला गरी क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा जनसम्पर्क समितिको शुल्क र कार्यसमितिको लेभीसमेत केन्द्रमा बुझाइसकिएको थियो। आवश्यक सदस्यता विवरण, प्रमाण र अभिलेखहरू समेत केन्द्रमा पठाइसकिएको दाबी गरिएको छ।

    विवादको अर्को महत्वपूर्ण पक्ष भने सदस्यता अध्यावधिक प्रक्रियासँग जोडिएको छ। समितिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट जारी भएका पत्रहरूलाई आधार बनाउँदै आफूहरूमाथि विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाएको छ। असार ३, २०८३ मा जारी एक पत्रमा केही जनसम्पर्क समितिहरूलाई क्रियाशील सदस्यता अध्यावधिकका लागि भ्हअभ िक्जभभत र एम्ँ मार्फत विवरण पठाउन सकिने तथा आवश्यक प्रक्रिया पूरा भए केन्द्रबाटै अध्यावधिक गरिने व्यवस्था गरिएको देखिन्छ।

    तर, डेनमार्क समितिका अनुसार आफूहरूले केन्द्रले मागेका सम्पूर्ण विवरण, प्रमाण, शुल्क र लेभीसहितका कागजात एम्ँ फारमेटमा पठाउँदा स्वीकार नगरिएको थियो। बरु अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत अध्यावधिक गर्नुपर्ने बताइएको थियो। त्यसपछि समितिले अनलाइन प्रणाली प्रयोग गर्न आवश्यक युजरनेम र पासवर्ड उपलब्ध गराउन पटक–पटक आग्रह गरे पनि कुनै जवाफ नपाएको दाबी गरेको छ।

    समितिले यसलाई पार्टी केन्द्रको “दोहोरो मापदण्ड” को उदाहरणका रूपमा व्याख्या गरेको छ। उनीहरूको दाबीअनुसार केही अन्य जनसम्पर्क समितिहरूलाई भ्हअभ िक्जभभत र एम्ँ मार्फत विवरण पठाउन छुट दिइएको, आवश्यक युजरनेम तथा पासवर्ड उपलब्ध गराइएको र अनलाइन प्रणाली प्रयोग नगरी पनि प्रक्रिया अघि बढाउन सहजीकरण गरिएको थियो। तर डेनमार्कस्थित आधिकारिक समितिलाई भने फरक व्यवहार गरिएको आरोप लगाइएको छ।

    समितिको भनाइमा यसले संस्थागत निष्पक्षता, पारदर्शिता र विधिसम्मत प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। विदेशस्थित कार्यकर्ताहरूले पार्टीको विधि, विधान र निर्णय प्रक्रियाभन्दा बाहिर गएर गतिविधि सञ्चालन भइरहेको आरोप लगाउँदै यसले नेपाली काँग्रेसको गरिमा, प्रतिष्ठा र राजनीतिक विरासतमा असर पुर्‍याएको बताएका छन्।

    यस घटनाक्रमसँगै केही केन्द्रीय नेताहरूको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। यद्यपि, यस सम्बन्धमा नेपाली काँग्रेस केन्द्रीय नेतृत्व वा सम्बन्धित पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

    जनसम्पर्क समिति डेनमार्कले प्रवक्ता देवराज चालिसेको डेनमार्क भ्रमण पूर्ण रूपमा व्यक्तिगत रहेको दाबी गर्दै हाल आफ्नो तर्फबाट कुनै औपचारिक भेटघाट वा कार्यक्रम नरहेको जनाएको छ। साथै, पार्टी नेतृत्वलाई विधि, विधान, संस्थागत निर्णय र आधिकारिक संगठनको सम्मान गर्न तथा विदेशस्थित कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन गर्न आग्रह गरेको छ।

    यस घटनाक्रमसँगै केही केन्द्रीय नेताहरूको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। यद्यपि, यस सम्बन्धमा नेपाली काँग्रेस केन्द्रीय नेतृत्व वा सम्बन्धित पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

    जनसम्पर्क समिति डेनमार्कले प्रवक्ता देवराज चालिसेको डेनमार्क भ्रमण पूर्ण रूपमा व्यक्तिगत रहेको दाबी गर्दै हाल आफ्नो तर्फबाट कुनै औपचारिक भेटघाट वा कार्यक्रम नरहेको जनाएको छ। साथै, पार्टी नेतृत्वलाई विधि, विधान, संस्थागत निर्णय र आधिकारिक संगठनको सम्मान गर्न तथा विदेशस्थित कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन गर्न आग्रह गरेको छ

    abd9961b-5632-4290-96da-4a7827c4eaab.jpg
    undefined

    तेस्रो आँखा