• ट्रेण्डिङ्ग :
सरकारलाई सभामुखको निर्देशन- ढल्केवर ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिनु

सरकारलाई सभामुखको निर्देशन- ढल्केवर ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिनु


  • 1.8K
    SHARES
    • श्रावण २२, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 2.8K Views

    सरकारलाई सभामुखको निर्देशन- ढल्केवर ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिनु

    काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।

    images

    प्रतिनिधि सभाको शुक्रवारको बैठकमा नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै आपत्ति जनाएपछि सभामुख अर्यालले तत्कालै सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

    सांसद यादवले पूर्वतयारी, अध्ययन तथा मन्त्रिपरिषद्को निर्णय भइसकेको आयोजना लामो समयदेखि अघि नबढेको तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अन्यत्र सार्न लागेको अभिव्यक्ति दिएको भनी आपत्ति जनाएका थिए ।

    सभामुख अर्यालले भने ‘आजै माननीय चन्द्रमोहन यादवले राख्नुभएको विषयमा वास्तविकता के हो रु यो विषयमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु ।’

    सांसद यादवले ढल्केवर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोडिएको प्रमुख व्यापारिक तथा यातायात केन्द्र भएकाले दैनिक सवारीसाधनको अत्यधिक चाप रहने भएको बताए ।

    यही कारण सडक दुर्घटनाको जोखिम पनि उच्च रहेकाले ट्रमा सेन्टर निर्माण गर्नुपर्ने बताए । उनले तत्कालीन सरकारले मन्त्रिपरिषद्बाट गरेका निर्णय उल्ट्याउँदै विकास निर्माण अलपत्र नपार्न सरकारलाई चेतावनी समेत दिएका थिए ।


    तेस्रो आँखा