• ट्रेण्डिङ्ग :
आज बिहानैदेखि हेलिकोप्टरमार्फत उद्धार जारी

आज बिहानैदेखि हेलिकोप्टरमार्फत उद्धार जारी


  • 2.8K
    SHARES
    • भाद्र ११, २०८३ बिहीबार
    • २ महिना अघि
    • 4.4K Views

    आज बिहानैदेखि हेलिकोप्टरमार्फत उद्धार जारी

    काठमाडौँ, भदौ ११  । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ ।
    ल
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार साँझ सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार गम्भीर घाइतेलाई तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्थाअनुसार प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचारको काम अघि बढाइनेछ ।

    यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाइएको छ ।

    रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी जम्मा १५ वटा हेलिकोप्टर परिचालन गरिएको छ । हालसम्म नेपाली सेनाका हवाई साधनमार्फत ९७ जनाको उद्धार गरिएको छ ।

    वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा घाइतेहरूको आपत्कालीन उपचार गरिरहेको छ । साथै, विपद् व्यवस्थापनमा प्रयोग हुने एक सेट फिल्ड अस्पताल तथा आवश्यक मेडिकल सामग्री, औषधी र उपकरणसमेत त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको छ ।


    तेस्रो आँखा