• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढीः हालसम्म २८९ जनाको शव फेला

भोटेकोशी बाढीः हालसम्म २८९ जनाको शव फेला


  • 2.3K
    SHARES
    • भाद्र ११, २०८३ बिहीबार
    • २ महिना अघि
    • 3.6K Views

    भोटेकोशी बाढीः हालसम्म २८९ जनाको शव फेला

    काठमाडौँ, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २८९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवम् सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले रसुवामा तीन, नुवाकोटमा १२, धादिङमा २९, गोखरामा २९, चितवनमा १२१, तनहुँमा १६, नवलपरासी पूर्वमा ६५ र नवलपरासी पश्चिममा १४ जनाको शव फेला परेको जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार २५०,  नेपाली सेना चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।

    हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१, नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कमा छैनन् ।


    तेस्रो आँखा