काठमाडौं, २३ चैत्र । बुद्ध एयरको जहाज नेपालगन्जमा अकस्मात अवतरण गरिएको छ । जहाज धनगढीबाट काठमाडौंका लागि उडेको थियो । जहाजभित्रै सवार बमकुमारी श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि नेपालगन्जमा अकस्मात अवतरण गरिएको हो।
जहाजभित्र रहेकी बमलाई श्वासप्रश्वासमा समस्या आएपछि करिब ९ः४५ बजे अकस्मात अवतरण गरिएको थियो ।
अहिले बमको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
जहाजभित्र सास फेर्न समस्या भएपछि नेपालगन्जमा अवतरण गरिएको बुद्ध एयरका नेपालगन्ज प्रमुख दिनेश शाहले जानकारी दिए।
जहाज आफैँ चढेकाे भएपनि जहाजभित्र एक्कासी सास फेर्न गाह्रो भएपछि उपचारका लागि नेपालगन्ज अवतरण गर्नुपरेको उनको भनाइ छ । उनलाई अस्पताल लिन एम्बुलेन्स, अन्य मेडिकल सामग्री तयार पारिए पनि अवस्था सामान्य भएपछि आफन्तसहित आफैँ उपचार गर्न गएको उनले बताए। २७ जना यात्रु सवार उक्त जहाज पुनः नेपालगन्जबाठ काठमाडौंका लागि उढेको छ।
