• ट्रेण्डिङ्ग :
शाङ्घाईको कोभिड–१९ सङ्क्रमण विरूद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने 

शाङ्घाईको कोभिड–१९ सङ्क्रमण विरूद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने 


  • 7.2K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    शाङ्घाईको कोभिड–१९ सङ्क्रमण विरूद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने 

    एजेन्सी, २४ चैत्र। चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरूद्धको अभियानमा शाङ्घाईलाई सहयोग गर्ने बताएका छन्।

    images

    शाङ्घाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन् । 

    शाङ्घाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण मुख्यालयका अनुसार अप्रिल ६ सम्म जियाङ्गसुले १६ हजार कोठा र झेजियाङले २१ हजार कोठा तयार पारेको छ । यी कोठाहरू शाङ्घाईमा  कोभिड–१९ सङ्क्रमण भएका वा उनीहरूको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिने अधिकारीले बताएका छन् ।

    आधिकारिक स्रोतहरूका अनुसार यी स्थलहरू महामारी नियन्त्रणका लागि सरकारी स्तर अनुरूप हुने र चिकित्सकहरू प्रदान गर्ने होटेलहरू हुनेछन् । 

    शाङ्घाईले बुधबार ३२२ वटा व्यक्तिमा स्थानीयस्तरमा सङ्क्रमित भएको पुष्टि गरेको छ। त्यस्तै १९ हजार ६६० व्यक्तिमा लक्षणविनाको सङ्क्रमण भेटिएको र उनीहरू बिभिन्न मुलुकबाट आएका चिनिँया तथा अन्य मुलुकका नागरिक भएको बताइएको छ ।


    तेस्रो आँखा