• ट्रेण्डिङ्ग :
नेपाली वैज्ञानिक डा. पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

नेपाली वैज्ञानिक डा. पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान


  • 6.6K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    नेपाली वैज्ञानिक डा. पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

    काठमाडौं, २५ चैत्र ।  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा।महावीर पुन मगर सम्मानित भएका छन् ।बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनले डा. पुनलाई सम्मान गरेको हो । 

    images

    डा.पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो। सो अवसरमा डा.पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो। कार्यक्रममा डा.पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए। 

    पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए।कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो।


    तेस्रो आँखा