• ट्रेण्डिङ्ग :
यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै धर्ना 

यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै धर्ना 


  • 8.2K
    SHARES
    • चैत्र २६, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै धर्ना 

    काठमाडौं, २६ चैत्र । युथ कंग्रेसले यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै धर्नामार्फत रिहाइको माग गरिएको हो । 

    images

    धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकार पाण्डेलाई रिहाइको माग गरेका छन् । ‘दूतावास र राजदूतले आफ्ना देशका नागरिकको संरक्षण गर्नुपर्नेमा उजुरी नै गरेर जेल पठाउनु अक्षम्य अपराध हो,’ पोखरेलले भने ‘पत्रकार पाण्डेको रिहाइमा लागि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने र राजदूतलाई तत्कालै फिर्ता बोलाउनुपर्छ ।’ 

    पत्रकार पाण्डेलाई जेल हाल्नको लागि राजदूत ढकालले नै यूएईको प्रशासनलाई लेखेको पत्र महासंघले प्राप्त गरेको भन्दै अध्यक्ष पोख्रेलले अख्तियारको दूरुपयोग र आफ्नै नागरिकलाई विदेशको जेल हाल्न षड्यन्त्र गर्ने राजदूतलाई पदमा बस्ने कानुनी आधार र नैतिकता नभएको स्पष्ट पारे । 

    धर्नामा एमनेष्टी इन्टरनेशल नेपालकी महासचिव सञ्चिता कुइँकेल, पत्रकार महासंघ यूएईका पूर्व अध्यक्ष भुपराज बस्याल  लगायतले पनि राजदूतले पदको दुरुपयोग गरेर पत्रकार उमाकान्त पाण्डेलाई जेल पठाएको भन्दै सरकारले तत्कालै कदम चाल्नुपर्ने बताए ।  

    धर्नामा 'वाक स्वतन्त्रता हनन्: लोकतन्त्रको उपहास', 'पराइ भूमिमा आफ्नैबाट नागरिक असुरक्षित', 'परराष्ट्रको मौनता: राजदूतलाई हौसला' लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो । 

    यूएईको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिबाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उनी त्यहाँको जेलमा छन् । 


    तेस्रो आँखा