• ट्रेण्डिङ्ग :
पाकिस्तानी प्रधानमन्त्री पदमुक्त

पाकिस्तानी प्रधानमन्त्री पदमुक्त


  • 15.6K
    SHARES
    • चैत्र २७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 24.0K Views

    पाकिस्तानी प्रधानमन्त्री पदमुक्त

    काठमाडौं, २७ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट मुक्त भएका छन्। संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएपछि पदमुक्त भएका हुन्। उनी अविश्वासको मतबाट पदमुक्त हुने देशको पहिलो प्रधानमन्त्री हुन्। 

    images

    मतदानमा ‘अन्तिम बलसम्म’ संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।

    यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

    खानको पार्टी पीटीआईका सदस्यहरूले उनी अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् । यसअघि खानले अमेरिकाले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए ।


    तेस्रो आँखा