• ट्रेण्डिङ्ग :
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली


  • 10.1K
    SHARES
    • चैत्र २७, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

    काठमाडौं, २७ चैत्र । आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्‍याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को र्‍याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो । 

    images

    र्‍यालीमा नगरपालिकाका  प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टिम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको सहभागिता रहेको थियो। र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले प्रसिद्ध बिस्का जात्रा सहजरुपमा सम्पन्न गर्न सरोकारवाला निकायले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।  'विश्वमै बिस्का जात्राको विशेष महत्व भएकाले हेर्न आउने सबैलाई सभ्य, भव्य र सुरक्षितरुपले  जात्रा सम्पन्न गर्न आग्रह गर्दछु', उनले भने ।  

    नगर प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रालाई सफलरुपमा सम्पन्न गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताउँदै जात्रा अवधिभर उच्छृङ्खल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्तिसुरक्षाको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासितरुपमा सम्पन्न गर्न सबैको सहयोग रहने अपेक्षा गरे। 


    तेस्रो आँखा