• ट्रेण्डिङ्ग :
जर्मन चाल्सर र युक्रेनी राष्ट्रपतिबीच फोनवार्ता

जर्मन चाल्सर र युक्रेनी राष्ट्रपतिबीच फोनवार्ता


  • 8.0K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    जर्मन चाल्सर र युक्रेनी राष्ट्रपतिबीच फोनवार्ता

    एजेन्सी, २८ चंत्र । युक्रेनी राष्ट्रपति र जर्मनका चान्सलरबीच फोनवार्ता भएको छ । युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलिन्स्किी र जर्मन चान्सलर ओलफ स्कोल्जकाबीचमा भएको वार्ताका क्रममा द्धिपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।

    images

    युक्रेनी राष्ट्रपति जेलिन्स्किीले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएका छन्  । उनले आफूले जर्मन चान्स्लरसँग फोनमा वार्ता गरेको र त्यस विषयमा युक्रेनको रक्षा र युक्रेनका लागि आर्थिक सहयोग गर्ने विषयमा कुराकानी भएको बताएका छन् । 

    उनीहरुका बीचमा रुसमाथि आर्थिक नाकाबन्दी लगाउने विषयमा पनि कुराकानी भएको थियो । रुसले युक्रेनमाथि गरेको भौतिक हमलाले गर्दा युक्रेनको अवस्था निकै कमजोर भएको बताइएको छ । रुसको हमलाबाट युक्रेनको राजधानी किभ शहर क्षतविक्षत भएको छ । रुस र युक्रेनले यी दुई देशबीचको तनावलाई कम गर्न वार्ता गरेका छन् ।

    यसको राजनीतिक समाधान खोजिने उनीहरुले बताएका छन् । विश्व समुदायले नै रुसले युक्रेनमाथि गरेको हमलाको विरोध गरिरहेको छ । रुस युक्रेन हमलाको पूर्ण समाधान भने निस्किएको छैन । अहिले आक्रमण राृेकिएको छ तर दिगो समाधान हुन सकेको छैन । 


    तेस्रो आँखा