• ट्रेण्डिङ्ग :
दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना

दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना


  • 7.0K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना

    एजेन्सी, २९ चैत । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले दक्षिण पूर्वी एसियाली र युरोपेली मुलुकहरूको भ्रमण गर्ने योजना बनाएका छन् ।

    images

    जापानमा बिदा मनाउने समयका रुपमा लिइने “गोल्डेन विक” का अवसरमा ती क्षेत्रमा भ्रमण गर्ने योजना उनले बनाएका हुन् । 

    यही अप्रिलको अन्त्य तिर उनले ती क्षेत्रका केही देशहरूको भ्रमण गर्ने सम्भावना रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

    उनीहरूका अनुसार प्रधानमन्त्री किशिदाले थाइल्याण्डबाट भ्रमण सुरु गर्ने तयारी भएको छ । त्यस पछि उनले इन्डोनेसिया, भियतनामलगायतका देशको भ्रमण गर्ने श्रोतले जनाएको छ।

    उनको भ्रमणले ती देशहरूसँगको सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुका साथै आर्थिक तथा राजनीतिक पक्षमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।    


    तेस्रो आँखा