• ट्रेण्डिङ्ग :
विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट

विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट


  • 9.3K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट

    काठमाडौं, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा  चार पसल पूर्णरूपमा नष्ट भएको छ ।

    images

    विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको  कार्यालयका फायरम्यान  चौधरीले जानकारी दिए । 

    आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।


    तेस्रो आँखा