• ट्रेण्डिङ्ग :
अक्सिजन प्लान्टमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुग्याे

अक्सिजन प्लान्टमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुग्याे


  • 5.8K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    अक्सिजन प्लान्टमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुग्याे

    काठमाडौं,८ वैशाख । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा  अर्का घाइतेको पनि मृत्यु भएको हो ।

    images

    बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट भएको थियो । घटनामा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो । थप चार जना घाइते थिए ।

    घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको हो । उनलाई पाटन अस्पतालले मृत घोषित गरेको शाहले  बताए । उनका अनुसार अस्पतालले अन्य घाइतेहरुलाई डिस्चार्ज गरिसकेको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    यसैबीच अक्सिजन प्लान्टमा विस्फोटमा परी मृत्‍यु भएकाहरुको परिवारलाई  सरकारले तत्काल राहत उपलब्ध गराउने बताएको छ । बिहीबार दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताएका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप