• ट्रेण्डिङ्ग :
भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुँने 

भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुँने 


  • 6.0K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुँने 

    काठमाडौं,वैशाख । पटक पटक स्थगित भएकाे भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन हुँने भएकाे छ । तोकिएको पछिल्लो मितिमा भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन गर्न निर्वाचन आयोगले अनुमति दिएपछि परीक्षा हुँने भएकाे हाे  । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा वैशाख १७ गतेका लागि तोकेको छ । 

    images

    यसबीचमा निर्वाचन आचार संहिता लागू हुने भन्दै निर्वाचन आयोगले परीक्षण संचालन नगर्न भन्सार विभागलाई पत्र लेखेको थियो । तर, यसबारे लोकसेवा आयोगले सक्रियता लिएपछि भने परीक्षा तोकिएकै मितिमा हुने निश्चित भएको हो ।

    निर्वाचन आयोगले लोकसेवा आयोगलाई शुक्रबार एक अर्को पत्र लेखी नतिजा प्रकाशनको कार्य निर्वाचन आचारसंहिता २०७८ लागू हुने समय समाप्त भएपछि गर्ने गरी परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगले सहमति दिएको छ । नेपालमा दुई दशकपछि ६६० जना भन्सार एजेन्टको परीक्षण सञ्चालन हुने गरी मिति तय भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप