काठमाडाैं,१८ वैशाख । विश्व मजदुर दिवशको अवसर पारेर रे टेलिभिजन उद्घाटन भएको छ । नेपाली मिडिया जगतमा एउटा नयाँ मिडिया थपिनु लोकतन्त्र र प्रेस स्वतन्त्रताका दृष्टिकोणले स्वागतयोग्य भएको नेपाल पत्रकार माहसंघका अध्यक्ष तथा तेस्रो आँखा अनलाइनका प्रधान सम्पादक विपुल पोखरेलले बताए ।
मिडियामा श्रमको समस्याहरु छन, उनले भने, ‘ न्यूनतम पारिश्रमिकको कुरा एकपटी छ भने अर्कोतिर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निमित्त लेख्नु पर्ने,बोल्नु पर्ने, देखाउँनु र सुनाउँनु पर्ने छ ।’ यी यावत समस्या र चुनौतिबीच थपिएको एउटा मिडियाले महासंघ तथा पत्रकाहरुको आन्दोलनमा सहयोग पुग्ने सिवश्वास पोखरेलले व्यक्त गरे । नेपाली पत्रकारीता क्षोत्रबाट नेपाली नागरिकले परिवर्तनको ठूलो अपेक्षा राखेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा खुलेको यस टेलिभिजनले तटस्थ र निष्पक्ष भएर काम गर्ने कुरामा पहिलो र अब्बल दर्जाको होस भन्ने पोखरेलले शुभ कामना व्यक्त गरे । आफ्ना जनप्रतिनिधि कस्ता छान्ने भनेर अलमल परेका नागरिकलाइर निर्वाचनकै मुखमा खुलेकाे यस टेलिभिजनले दिने सूचना,समाचार र कार्यक्रमहरुले उम्मेदवार छनोटका लागि एउटा धारणा बनाउने खालका सामग्री पस्कन सकोस भन्ने अपेक्षा गरेको उनले बताए । उक्त टेलिभिजनको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
