काठमाडौं, १९ वैशाख । इङलिस प्रिमियर लिगमा आर्सनलले वेस्ट हम युनाइटेडमाथि जित हात पारेको छ । आर्सनलले वेस्ट हमलाई दुई एक गोल अन्तरले पराजित गरेका हो ।
वेस्ट हमलाई हराएपछि आर्सनल पुनः चौथो स्थानमा उक्लिएको छ । चौथो स्थानको आर्सनलको ६३ अंक छ,जुन पाँचौ स्थानको टोटनहम भन्दा मात्र दुई अंक बढी हो । आर्सनल तेस्रो स्थानको चेल्सी भन्दा मात्र तीन अंकले पछि छ ।
३८औं मिनेटमा रब होल्डिङको गोलमा आर्सनलले अग्रता लिएको थियो । ४५औं मिनेटमा जारोड बावेनले वेस्ट हमलाई खेलमा फर्काएका थिए । ५४औं मिनेटमा ग्याब्रियल मग्हालेसको गोलमा आर्सनलले पुनः अग्रता लिएको थियो । आर्सनलले आगमी साता प्रिमियर लिगमा लिड्स युनाइटेडको सामना गर्नेछ ।
