काठमाडौं, १९ वैशाख । क्याटलान क्लब बार्सिलोनाले क्याम्प नोउमा रियल मालोर्कालाईपराजित गरेको छ ।
आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले मालोर्कालाई दुई एक गोल अन्तरले पाराजित गरेको हो । बार्सिलोनाले जित निकालेसँगै दोस्रो स्थानमा आफ्नो पकड बनाएको छ ।
शुक्रबार भएको खेलमा सेभिल्ला क्याडिजसँग एक एक गोलको बराबरीमा रोकिएपछि बार्सिलोनाले अवसर पाएको थियो । त्यसलाई सदुपयोग गर्ने क्रममा बार्सिलोनाले मालोर्कामाथि जित हासिल गरेको हो । बार्सिलोनाका लागि मेम्फिस डिपाएले २५ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । उनले जोर्डी अल्बाको क्रसलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए ।
दोस्रो हाफको ५४ औं मिनेटमा सर्जियो बुस्केट्सले टोलीको अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा एन्टोनियो राइलोले गोल गरेपनि बार्सिलोनाले अग्रता जोगाउन सफल रहयो । यस जितले बार्सिलोनाको ३४ खेलमा ६६ अंक रहेको छ । दोस्रो स्थानको सेभिल्लाको समान खेलमा ६४ अंक छ । रियल म्याड्रिडले ३४ खेलमा ८१ अंक जोड्दै उपाधि जितिसकेको छ ।
