• ट्रेण्डिङ्ग :
ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति


  • 5.3K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

    काठमाडौं, २२ वैशाख ।  ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

    images

    अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताइन् । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्रकला सो घरमा कोठभाडामा बसेका थिए । उनीहरुको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप