• ट्रेण्डिङ्ग :
आचारसंहिता उल्लंघन गर्ने २३ वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही

आचारसंहिता उल्लंघन गर्ने २३ वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही


  • 7.7K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    आचारसंहिता उल्लंघन गर्ने २३  वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही

    काठमाडाै,२५ वैशाख । काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उल्लब्घन गर्ने २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही गरिएकोछ । निर्वाचन अवधिभर निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार बिना दर्ता सञ्चालित न्यूज पोर्टलहरूले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण गरेपछि कारवाही गरिएको हो ।

    images

    आचारसंहिता उल्लब्घन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको काउन्सिलले जनाएको छ । चैत २५ गतेदेखि वैशाख २२ गतेसम्म अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, यस अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई आचारसंहिता कार्यान्वयनमा गम्भीर बन्न निर्देशन गरिएको काउन्सिलले जनाएको छ ।

    सोहीअनुसार यस अवधिमा ८ वटा सञ्चार माध्यमलाई लिखितरूपमा सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै २१ वटा सञ्चार माध्यमलाई लिखितरूपमा आचारसंहिता कार्यान्वयनका लागि ध्यानाकर्षण गराइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिए । काउन्सिलकाअनुसार यस अवधिमा आचारसंहिता उल्लब्घन गर्ने चार वटा सञ्चार माध्यमसँग स्पष्टीकरणसहित जवाफ माग गरिएको छ । त्यस्तै, ११ वटा पत्रपत्रिकालाई आचारसंहिता कार्यान्वयनमा निर्देशन दिइएको छ ।

    एक पत्रिकालाई सचेत गराइएको र एक पत्रिकालाई ध्यानाकर्षण गराइएको बोहराले जानकारी दिए । त्यस्तै, ८ वटा रेडियोलाई निर्देशन र दुई वटालाई ध्यानकर्षण गराएको काउन्सिलले जनाएको छ । सोहीअनुसार एक टेलिभिजनसँग स्पष्टीकरणको जवाफ माग, ६ वटालाई निर्देशन, २ वटालाई सचेत गराइएको छ । सोहीअनुसार आचारसंहिता प्रतिकूल समाचार तथा सूचना सम्प्रेषण गर्ने १४ जना पत्रकारलाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप