• ट्रेण्डिङ्ग :
रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 6.7K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडाैं,२५ वैशाख । रोल्पाको माडी गाउँपलिका–४ तार्केबाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।

    images

    रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा ४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उनको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


    तेस्रो आँखा
    लेखकबाट थप