• ट्रेण्डिङ्ग :
नेपालले युगान्डालाई १०० रनको लक्ष्य दियो

नेपालले युगान्डालाई १०० रनको लक्ष्य दियो


  • 7.7K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    नेपालले युगान्डालाई १०० रनको लक्ष्य दियो

    काठमाडौं, ५ जेठ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डालाई एकसय रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो ।

    images

    नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । नेपालका लागि कप्तान रुविना श्रेत्रीले १६ रन बनाउँदा सीता राना मगरले १२ रनको योगदान गरिन् ।

    बलिङतर्फ युगान्डाका लागि फिओना कुलेमे, कोन्के वेको र सारहा किटेङले दुई–दुई विकेट लिइन् । त्यस्तै जानेट बाबाजी र रिता मुसामालीले एक–एकविकेट लिइन् । आजको खेलमा नेपाल सहज जित निकाल्दै सिरिजमा आफ्नो सम्भावना बाँकी राख्ने योजनामा छ । यता युगान्डा आजको खेलमा जित निकाल्दै सिरिज जित्ने योजनामा छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप