• ट्रेण्डिङ्ग :
क्यानद्वारा अमेरिका जाने नेपाली क्रिकेट टोलीको विदाई

क्यानद्वारा अमेरिका जाने नेपाली क्रिकेट टोलीको विदाई


  • 6.3K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    क्यानद्वारा अमेरिका जाने नेपाली क्रिकेट टोलीको विदाई

    काठमाडौं, १४ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न जाने नेपाली क्रिकेटलाई विदाई गरेको छ ।

    images

    क्यानका अध्यक्ष चतुरबहादुर चन्द, खेलकुद मन्त्री महेश्वरजंग गहतराज र केल्मी नेपालका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले शुभकामना दिँदै बिदाई गरेका हुन् । नेपाली क्रिकेट टोली आज साँझ साँढे आठ बजे अमेरिकातर्फ प्रस्थान गर्नेछ ।

    नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ । यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग–२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ ।

    विश्व लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

    नेपालको टोली:

    सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

    अमेरिकामा नेपालको खेल तालिका –

    जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

    जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

    जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

    असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल


    तेस्रो आँखा
    लेखकबाट थप