• ट्रेण्डिङ्ग :
तीन प्रदेशमा बिहानैदेखि वर्षा

तीन प्रदेशमा बिहानैदेखि वर्षा


  • 5.3K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    तीन प्रदेशमा बिहानैदेखि वर्षा

    काठमाडौं,१५जेठ । देशका तीन प्रदेशका विभिन्न क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। 
    जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कामध्यम वर्षा भइरहेको छ ।

    images

    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।  
    आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

    विभागका अनुसार यी प्रदेशका केही  स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


    तेस्रो आँखा
    लेखकबाट थप