• ट्रेण्डिङ्ग :
नदीमा डुबेर दुई जना बालकको मृत्यु

नदीमा डुबेर दुई जना बालकको मृत्यु


  • 7.5K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    नदीमा डुबेर दुई जना बालकको मृत्यु

     काठमाडौं,१५ जेठ । कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

    images

    धनगढी उपमहानगरपालिका ३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

    मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका (३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका उनले बताए उनीहरू मध्ये चौधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताको पनि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
    दुवै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप