• ट्रेण्डिङ्ग :
सप्तरीमा हत्या गरेको अभियोगमा पक्राउ

सप्तरीमा हत्या गरेको अभियोगमा पक्राउ


  • 5.5K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    सप्तरीमा हत्या गरेको अभियोगमा पक्राउ

    काठमाडौं,१७ जेठ । सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेका अभियोगमा उनकै देवर सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images

    घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि  प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाइएको छ । उनलाई गत माघ २१ गते खाना पकाइरहेकी  २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोग लगाइएको  छ । आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप