• ट्रेण्डिङ्ग :
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा


  • 5.4K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

    काठमाडौं,१८ जेठ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

    images

    प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । आव २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताए  ।

    यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको मन्त्री छ । नीति तथा कार्यक्रमपश्चात प्रदेश सरकारले असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप