• ट्रेण्डिङ्ग :
यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र कतार भिड्दै

यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र कतार भिड्दै


  • 7.0K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र कतार भिड्दै

    काठमाडौं,२० जेठ ।  आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कतारको सामना गर्दैछ।
    मलेसियामा हुने छनोटको पहिलो खेल नेपाल र कतारबीच केहीबेरपछि हुँदैछ।

    images

    विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ। कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ। छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले दोस्रो खेल शनिबार युएईविरुद्ध  र सोमबार भुटानविरुद्ध खेल्नेछ । नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ।

    नेपाली टोली :
    कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, श्रीष्टि जैशी, मनिषा उपाध्याय,मनिषा राना मगर, अलिशा यादव, साना प्रविन, रन्जु श्रेष्ठ,आश्मा पुलामी मगर,सानु राजवंशी,किरण कुँवर,अन्जली बिक,अनु कडायत,सुष्मिता भुसाल। 


    तेस्रो आँखा
    लेखकबाट थप