• ट्रेण्डिङ्ग :
सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने


  • 6.6K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

    काठमाडौं,२० जेठ । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । 

    images

    विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप