• ट्रेण्डिङ्ग :
जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ


  • 5.9K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ

    काठमाडौं,२० जेठ । जुम्लाका किसानलाई कालीमार्सी धान  रोप्न भ्याइनभ्याइ भएको छ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ ।  जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ । यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिनुभयो । बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ । 

    images

    “सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको छ,” उनले भने, “असारसम्म जिलाका सबै ठाउँमा रोपाइँ सकिन्छ ।” पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान त्यसतर्फ आकर्षित भएका छन् । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ ।  समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । काठमाडौँलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ ।

    यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ । पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि कार्लीमार्सी धान रोपाइँ सुरु भएको छ। त्यहाँ सुधारिएको कार्लीमार्सी धान रोपिएको हो । दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको छ ।

    कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोप्न थालिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनी जग्गामा धान रोपेको महताराले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप